सोमबार, फागुन ५, २०८१

लकडाउनका कारण मलामी १२ जना मात्रै

नेपालखोज २०७६ चैत २६ गते ७:००

काठमाडौं । जिल्लाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेकी ९७ वर्षीय श्रीमाया भट्टको सोमबार राति निधन भयो।मंगलबार बिहान कोरोना प्रतिकार्य समितिको बैठक बसेर मलामी जम्मा १२ जना मात्र जाने निर्णय गरेको हो।निर्णय अनुसार भट्टको दरौंदी नदीमा लगेर दाहसंस्कार गरियो ।

Advertisement

बाँकी रहेका छरछिमेकले घरमै सघाउने निर्णय गरिएको वडा अध्यक्ष सुरज ढकालले जानकारी दिए । ‘उपल्लो गोहोरेमा करिब एकसय घरधुरी छ।

यसअघि सय डेढ सय मलामी जाने चलन थियो’, वडाअध्यक्ष ढकालले भने, ‘तर अहिले कोरोना संक्रमणको त्रास छ। लकडाउन गरिएको छ। सामाजिक दुरीको व्यवस्था छ त्यसैले स्थानीय कोरोना प्रतिकार्य समितिले मलामीको पनि संख्या निर्धारण गरेका हुन् ।’

आगामी दिनमा कसैको मलामी जानु परे पनि १२ जना मात्र जाने उनले बताए । सो वडामा २४ वटा प्रतिकार्य समिति छन्।गाउँपालिकामा एक सय ४८ वटा प्रतिकार्य समिति छन् ।

समितिले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया