शुक्रबार, माघ २५, २०८१

प्रहरीलाई छैन मास्क र पञ्जा

नेपालखोज २०७६ चैत २६ गते ८:३३

जीतपुर । कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् । लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् । अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले मास्कसमेत पाएका छैनन् ।

Advertisement

अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् । जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ । कपिलवस्तु प्रहरीले आफ्नै स्रोतबाट स्वास्थ्य सामग्री जुटाई सुरक्षा प्रबन्ध मिलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपररुक्षक दीपशम्शेर जबरा बताउछन्। जिल्लामा करीब आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वारेन्टाइनको सुरक्षामा खटिएका छन् । प्रहरी उपरीक्षक जबराले भने, ‘संक्रमणको चिन्ता हामीलाई पनि छ तर असुरक्षित भए पनि निर्देशनअनुसार खट्नुपरेको छ ।’

कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ । रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ । सामग्रीको पखाइमा रहेको बताउँदै केही सामग्री आफ्नै स्रोतसाधन व्यवस्थापन गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।

समयमै कतैबाट सुरक्षा सामग्री उपलब्ध भए निर्धक्कका साथ सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने दृढता उनले व्यक्त गरे । उनका अनुसार साठी किलोमिटर रुपन्देहीको सीमालाई बन्द गरिएको छ । रुपन्देहीका सीमा नाका भारतीय गाउँमा केही सङ्क्रमित भेटिएसँंगै सुरक्षालाई थप कडाइका साथ अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया