मापदण्डअनुसार राहत दिन र तस्बीर नलिन नेकपाको निर्देशन
नेपालखोज
२०७६ चैत २६ गते १३:१७
पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन दिएको छ । नेकपा पाँचथरले मातहतका पार्टी कमिटी र नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई राहत वितरणलाई व्यवस्थित, प्रभावकारी र वास्तविक लकडाउन प्रभावितलाई सहयोगीसिद्ध बनाउन निर्देशन दिएको हो ।
नेकपा पाँचथरका इञ्चार्ज एवं प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार लकडाउन प्रभावित भनी स्थानीय तहबाट पहिचान भएका परिवारलाई मात्रै राहत दिन निर्देशन दिइएको छ । राहत सामग्रीसमेत सङ्घीय सरकारले तोकेको न्यूनतम मात्रा पु¥याएर मात्रै वितरण गर्न निर्देशन दिइएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया