एनएमबी बैंकद्वारा एक सय थान पिपिई हस्तान्तरण
नेपालखोज
२०७६ चैत २६ गते १४:४७
जनकपुर । प्रदेश नं. २ सरकारलाई एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ ।
कोरोना भाइरस ९कोभिड—१९० उपचारका लागि सहयोग पु¥याउने उद्देश्य एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले आज विहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया