शनिबार, फागुन ३, २०८१

खाना पकाउने ग्यास अभावको अवस्था कम हुँदै, आइतबारदेखि उपभोक्ताले भरी सिलिण्डर ग्यास पाउने

नेपालखोज २०७६ चैत २६ गते १७:१३

काठमाडौँ । आउँदो आइतबारदेखि उपभोक्ताले भरि ग्यास रहेका सिलिण्डर पाउने भएका छन् । कोरोना भाइरसको संक्रमणमा ग्यास अभाव हुने आशंकामा उपभोक्ताले ग्यास स्टोर गरेपछि यस अघि बजारमा ग्यासको अभाव भएको थियो ।

Advertisement

त्यसै अभावका समय नेपाल आयल निगमले सबैको माग सम्बोधन गर्न भन्दै उद्योगिलाई आधा सिलिण्डर ग्यास बजारमा ल्याउन भनेको थियो । तर अब एलपी ग्यासको माग र पूर्ति अवस्था बराबर हुन थालेकाले भरि ग्यास सिलिण्डर बक्रि गर्न लागिएको निगमले जनाएको छ ।

प्रतिक्रिया