मंगलबार, वैशाख ४, २०८१

कोभिड–१९ को परीक्षण दायरा बढाउँदै सरकार

नेपालखोज २०७६ चैत २६ गते १७:२०

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण दायरा बढ्न नसकेको भन्ने गुनासो बढ्दै गर्दा सरकारले भने (कोभिड–१९) परीक्षणको दायर फराकिलो बनाउने भएको छ ।

यसको निम्ति उपत्यका बाहिर समेत सरकारले (कोभिड–१९) को आवश्यक परीक्षण गर्नको निम्ति ठूला मेसिन जडानको काम सुरु गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता विकास देवकोटाले धनगढी, पोखरा र नेपालगञ्जमा ठूला मेसिन जडानको काम सुरु भएको बताएका हुन् ।

प्रवक्ता देवकोटाले भने, ‘सुदूरपश्चिमको धनगढीमा, गण्डकी प्रदेशको पोखरा र प्रदेश नम्बर पाँचको नेपालगञ्जस्थित भेरी अस्पतालमा आज ठूला मेसिन जडान कार्य हुँदैछ।’

उनका अनुसार यी ठूला मेसिनबाट ठूलो संख्यामा संकलन भएका नमुनाको परीक्षण एकसाथ हुनेछ। ‘प्रोटेबल पीसीआर मेसिनबाहेक ठूलो पीसीआर मेसिनले ठूलो संख्यामा कोरोना परीक्षण गर्न सजिलो हुनेछ ।

अहिलेसम्म नेपालमा २३ सय ६६ जनामा कोरोना परीक्षण भएको छ। जसमध्ये ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्। अन्य आठजना टेकु, धनगढी र बागलुङमा उपचारत छन्।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय प्रयोगशाला, टेकुमा मात्र १९ सय ६२ जनामा कोरोना टेष्ट भएको छ भने बाहिर चार सय एक जनाको परीक्षण भएको छ।
बुधबार मात्र १८० जनामा कोरोना परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

कैलाली र कञ्चनपुरबाट र्यापिड किटबाट १९८ नमुना संकलन भइसकेको छ। अछाम र जुम्ला र सुर्खेतबाट आठ सय २ नमुना केन्द्रीय प्रयोगशालामा ल्याइएको छ। सरकारले दिपायलमासमेत बुधबारबाट नमुना संकलन कार्य सुरु गरेको छ।

अहिलेसम्म कोरोना आशंकामा उपत्यकामा १४ र बाहिर १२२ गरी एक सय ३४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। विभिन्न देशबाट फर्किएका आठ हजार पाँच सय ८० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकोटाले बताए।

प्रतिक्रिया