आइतबार, वैशाख १६, २०८१

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि क्षमादेवीको १० लाख ११ हजार १ सय ११ सहयोग

नेपालखोज २०७६ चैत २६ गते १९:०९

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा क्षमादेवी ग्रुपले १० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपका जयराम अर्यालका अनुसार मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै सङ्क्रमित बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा क्षमादेवी ग्रुपले गरेको छ ।

प्रतिक्रिया