आइतबार, वैशाख १६, २०८१

विद्यार्थीलाई तत्काल राहतको व्यवस्था गर्न माग

नेपालखोज २०७६ चैत २६ गते २१:०९

काठमाण्डौ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देश तथा विदेशमा रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा लकडाउनका कारण खान नपाएर अलपत्र परेका नेपाली विद्यार्थीलाई तत्काल राहतको व्यवस्था गर्न सरकार र दूतावासलाई आग्रह गरेका हुन् ।

“पढाईका सिलसिलामा देश तथा विदेशका विभिन्न भागमा बसेका विद्यार्थीलाई राहत वितरणमा प्राथमिकता दिन आग्रह गर्दछौँ”, विज्ञीप्तमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले राहत वितरणमा सरकारले विद्यार्थी र मजदूरलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

“विद्यार्थीसँग खर्चको अभाव हुने भएकाले विद्यार्थीलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ”, उहाँले भन्नुभयो । विश्वमा फैलिँदै गएको नोबेल कोभिड–१९ लाई ध्यानमा राखेर नेपाल सरकारले यही चैत ११ गतेदेखि आगामी वैशाख ३ गतेसम्म देशभर लकडाउन गरेको छ ।

प्रतिक्रिया