तरकारीे आयात ठप्प
नेपालखोज
२०७६ चैत २७ गते १३:३०
जुम्ला । तराईबाट जुम्ला तरकारी आयात अहिले पूर्णरुपमा रोकिएको छ । नेपालगञ्ज, दाङ, सुर्खेतलगायत जिल्लाबाट जुम्लामा तरकारी आउने गरेको थियो । लकडाउनका कारण तराईका जिल्लाबाट आउने तरकारीको आयात अहिले पूर्णरुपमा ठप्प रहेको उद्योग वाणिज्य संघले जनाएको छ । यहाँ विशेष गरी नेपालगञ्जबाट आउने तरकारीले राम्रो बजार लिने गरेको धिताल तरकारी पसलका सञ्चालक सुन्दरी पाण्डेले बताए।
उनका अनुसार वर्षको झण्डै २०० क्विन्टल तरकारी दैलेख, बाँके, दाङ्ग र सुर्खेतबाट जिल्ला आयात हुने गरेको छ । उपभोक्तालाई यहीँ उत्पादन हुने प्राङ्गारिक तरकारीको मागअनुसार पु¥याउन नसकेपछि तराईका जिल्लाबाट आउने तरकारी रोजाइमा पर्ने गरेको स्थानीयवासी शिवदेवी रोकायाले जानकारी दिए। लकडाउनपछि तराईको तरकारी आयात ठप्प हुनाले स्थानीय उपभोक्ताले स्थानीयस्तरमा उत्पादित तरकारी खरीद गर्ने गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया