शुक्रबार, वैशाख ७, २०८१

उपत्यकाबाट दुई दिन बाहिर जान दिने सरकारको निर्णय

नेपालखोज २०७६ चैत २७ गते १६:१३

काठमाण्डौ । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेपछि सरकारले यो निर्णय गरेको हो । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए ।

तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।

प्रतिक्रिया