आइतबार, माघ २७, २०८१

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

नेपालखोज २०७६ चैत २८ गते ७:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । उक्त सन्देशमा बेलायतमा रहेका समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

Advertisement

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया