शुक्रबार, माघ २५, २०८१

¥यापिड टेष्टको पहिलो दिन बागलुङमा १४ को परीक्षण

नेपालखोज २०७६ चैत २८ गते ९:२९

बागलुङ । बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि शुरु भएको दु्रत परीक्षण (¥यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ ।

Advertisement

बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली ¥यापिड टेष्ट किट र अन्य सामग्रीसहित बागलुङ आएको थियो । सामग्रीसहित बागलुङ आएका स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेले बिहीबार बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याब टेक्निसियनसँग धवलागिरि अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमूना परीक्षण गरेर बागलुङमा ¥यापिड टेष्ट किटबाट कोरोना परीक्षणको शुरुवात गरेका थिए ।

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले उच्च जोखिममा रहेको बागलुङमा ¥यापिड टेष्ट शुरु गर्दा छिमेकी जिल्लाका ल्याब टेक्निसियनलाई समेत सहभागी गराइएको जानकारी दिए ।

पौडेलका अनुसार एक हजार जनाको दु्रत परीक्षण ¥यापिड टेष्ट गर्ने किट, दुई थान अत्याधुनिक भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्वियुपमेन्ट (पिपीइ) र एक हजार थान मास्क सामग्रीसमेत महाशाखाको तर्फबाट ल्याएर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

टोलीले बिहीबार अञ्चल अस्पतालमा कार्यरत तीन ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परीक्षण गरिएको थियो । अस्पतालका ल्याब टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लीप्रसाद आचार्यको ¥यापिड टेष्ट गरी बागलुङमा कोरोना परीक्षणको शुरुआत गरिएको हो । नमूनाको रुपमा परीक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको थियो । किटको सहायताबाट कोरोना परीक्षण गर्दा १५ मिनटमै कोरोनाको नतिजा आउने छ ।

कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा गठन भएको कमाण्ड पोष्टको बैठकले चैत २७ गतेदेखि २०७७ वैशाख १ गतेसम्म ८९३ जनाको कोरोना परीक्षण गर्ने गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए ।

हाल बागलुङमा दुई कोरोना भाइरसका सङ्क्रमित छन् । उनीहरुको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद गरी ८९३ जनाको कोरोना परीक्षण गर्दैछ ।

प्रतिक्रिया