शनिबार, असोज २६, २०८१

भारतको देशव्यापी लकडाउन अझै लम्बिन सक्छ : मुख्यमन्त्री रावत

नेपालखोज २०७६ चैत २८ गते १९:०३

काठमाडौँ । भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले बताएका छन् । रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताएका हुन् । “भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,” रावतले एएनआईसँग भनेका छन् ।

उनले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिए।

तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहेपनि उनीहरु सम्पर्कमा आएको राज्यले उचित व्यवस्थापन गरिरहेको उनको भनाई छ ।

शुरुमा उनीहरुले अटेरी गरेपनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रण सम्वन्धी नियमहरु अवलम्बन गरेको मुख्यन्त्री रावतले बताए ।

प्रतिक्रिया