बिहीबार, वैशाख १३, २०८१

लकडाउनका बेला दूर सञ्चार सेवा प्रदायक संस्थाका कार्यलाई अवरोध नगर्न प्राधिकरणको आग्रह

नेपालखोज २०७६ चैत २८ गते १९:१२

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न दूरसञ्चार सेवा प्रदायक संस्थाका फिल्डमा खटिने प्राविधिक तथा कर्मचारीहरुप्रति लकडाउनका बेला भएको अभद्र व्यवहार प्रति आपत्ति जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको विरुद्धमा देशभर लागू गरिएको लकडाउनका बेलापनि अत्यावश्यक सेवा र त औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त सेवा भित्र दूर सञ्चार सेवा पनि पर्ने भएकाले २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने भएकाले यस्तो सेवामा खटिने कर्मचारी तथा प्राविधिक प्रति सम्बन्धित निकायले सहजीकरण गर्न समेत अनुरोध गरेको छ ।

प्राधिकरणले दूर सञ्चार सेवा प्रदायक संस्थाको नियमित कार्यलाई सम्पन्न गर्नको निम्ति आवश्यक सवारी साधनलाई बिना अवरोध चल्न दिन समेत सम्बन्धित निकायको ध्यानाकृष्ट गरेको छ ।

‘कतिपय अवस्था दूर सञ्चार सेवा प्रदायक संस्थाका कर्मचारीप्रति गरिएको अभद्र व्यवहारप्रति प्राधिकरण आपत्ति जनाउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया