बिहीबार, वैशाख १३, २०८१

जनप्रतिनिधिले छ महिनाको बैठक भत्ता नलिने

नेपालखोज २०७६ चैत २८ गते १९:१३

बुटवल । बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत लिने छ महिनाको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् । बुटवल उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुनेछ । बुटवलको राहत कोषमा यसअघि रु ५० लाख जम्मा भइसकेको छ ।

उपमहानगरका कुनै पनि जनप्रतिनिधिले तलब सुविधा लिएका छैनन् । उनीहरुका लागि कार्यपालिका बैठकको भत्ता मात्रै उपलब्ध हुँदै आएको छ । सोहीबापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उपमहानगरको हालै बसेको सङ्कटकालीन ९आपत्काल० व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको थियो । बैठक भत्ताबापतको रु एक लाख ४२ हजार हुन आउँछ ।

यसैगरी बुटवल उपमहानगरपालिकाका कर्मचारीले पनि पारिश्रमिकको केही ंहिस्सा रकम विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गर्ने भएका छन् । उपमहानगरका ३०६ कर्मचारीले एकमुष्ट रु ११ लाख दुई हजार ९३७ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । विभिन्न सङ्घसंस्था र नागरिक अगुवाले समेत उक्त कोषमा करिब रु १० लाख जम्मा गरेका छन् ।

प्रतिक्रिया