शुक्रबार, वैशाख ७, २०८१

महालक्ष्मीमा ‘थ्रोट स्वाब’ नमूना सङ्कलन

नेपालखोज २०७६ चैत २९ गते ८:३३

ललितपुर । महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका मानिसको ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरिएको छ । विश्वभरि माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस परीक्षणका लागि क्वारेन्टाइनमा बसेका मानिसको नमूना सङ्कलन गरी यसबारे सत्यतथ्य जानकारी हासिल गर्न महालक्ष्मीले उक्त काम अघि बढाइएको हो ।

नगरवासीमा विदेशबाट आएकाप्रति भएको शङ्काउपशङ्का र त्रास हटाउन ७० जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । उनले भने, “हामीले लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्यचौकीबाट उनीहरुको स्याब सङ्कलन गरी रियल टाइम पिसीआर प्रविधिद्वारा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका छौँ ।” उनीहरुको रिपोट आएपछि नगरवासीमा भएको भय हट्ने श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया