शुक्रबार, वैशाख १४, २०८१

१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस

नेपालखोज २०७६ चैत २९ गते ८:४३

काठमाडौं । नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक (सएसपी) लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

बढुवा सिफारिसमा परेका एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहेका छन् । गृहसचिवको नेतृत्वमा उक्त बढुवा समिति रहेको छ ।

प्रतिक्रिया