शुक्रबार, वैशाख ७, २०८१

बजारबासीलाई हरियो साग निःशुल्क

नेपालखोज २०७६ चैत २९ गते १३:४१

ताप्लेजुङ । सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ । लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको एक हजार ४७५ मुठा साग समितिले घरघरमा नै वितरण गरेको हो ।

सवारी साधनमार्फत घरघरमा पु¥याएर वितरण गरिएको समितिका सदस्य गोपाल न्यौपानेले जानकारी दिए। सागको ढुवानी, वितरणलगायत काममा समितिसहित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति समेत सहभागी थियो । लकडाउनका कारण घर वरपर निस्कन नपाएका र संक्रमणको जोखिमले नजीकै लाग्ने हाटबजारमा निस्कनसमेत डराइरहेका बजारबासीले घरैमा लेकमा उत्पादित हरियो साग पाउँदा खुशी व्यक्त गरे । साग निःशुल्क वितरण गर्ने पौडेलले ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा समस्या हुने देखेर सहयोग गरिएको बताए।

प्रतिक्रिया