बिहीबार, वैशाख ६, २०८१

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अस्पताल भर्ना

नेपालखोज २०७६ चैत २९ गते १३:५०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना भएका छन् ।

गएराति मुटुमा अचानक समस्या देखिएपछि उनलाई आज सो अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उन अनुसार सल्लाहकार डा भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।

प्रतिक्रिया