तत्काल लकडाउन हट्दैन : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तत्काल लकडाउन नहट्ने बताएका छन् ।
संक्रमण फैलिन नदिन सबै सचेत हुनुपर्ने भन्दै ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताएका छन् ।
शनिवार प्रदेशका मुख्य मन्त्रीसँग गरिएको भिडियो कन्फेरेन्समा प्रधानमन्त्री ओलीले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।
सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको हुँदा दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यक नभएको समेत बताए ।
भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएका थिए ।
प्रतिक्रिया