शुक्रबार, चैत १६, २०८०

राजधानीका सडक रङरोगनले चिटिक्क

नेपालखोज २०७६ चैत ३० गते ७:१२

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ ।

सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनिरहेका छन् भने रङरोगनको काम पनि भइरहेको छ । ट्राफिक चिह्न र सडक वरिपरि रङरोगन भएपछि राजधानीका सडक चिल्ला, सफा र चिटिक्क देखिन थालेका छन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भन्नुभयो, “उपत्यकाका तीनवटै जिल्लामा सडक विभागअन्तर्गत रहेका कुल ८० किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिलेसम्म ५५ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको छ । कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया