मंगलबार, वैशाख ४, २०८१

नेपालमा रहेका तीन भारतीयमा कोरोना पुष्टी

नेपालखोज २०७६ चैत ३० गते ११:०९

काठमाण्डौ । नेपालका थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगन्जको नारायणी अस्पतालको आइसुलेसनमा रहेका छन्।

हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्। उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ । स्थानीयका अनुसार उनीहरु ९/१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।

रुघा खोकी लागेको भन्दै मस्जिदमा रहेका २४ जनालाई बिहीबार एक स्थानीय नेताले वीरजन्गको नारायणी अस्पताल लिएर गएका थिए । ती मध्ये शंकास्पदको स्वाबको नमूना संकलन गरी हेडौंडा पठाइएकोमा त्यहाँ ३ जनाको पोजेटिभ रिपोर्ट देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका थिए। त्यसपछि पुःन निश्चित गर्ने काठमाडौं पठाएको हो।

प्रतिक्रिया