शुक्रबार, वैशाख १४, २०८१

ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री वितरण

नेपालखोज २०७७ वैशाख १ गते ८:२९

काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आइतबार उक्त सामग्री वितरण गरेका हुन् । कोभिड १९ को संक्रमणबाट रोक्न आम जनसमुदायको सुरक्षामा खटिएका ट्राफिक प्रहरीको सुरक्षाका लागि मास्क, ग्लोब्स, साबुन र सेनिटाइजर वितरण गरिएको हो ।

उपत्यकाको ४५ यूनिटमा रहेका एक हजार ५४८ प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराईको ढकालले जानकारी दिए । काठमाडौँ महानगरपालिका, करुणा फाउन्डेसन, नेपाल बार एसोसिएसन र प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया