आइतबार, माघ १५, २०७९

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

नेपालखोज २०७७ वैशाख १ गते ८:४५

बाजुरा । जिल्लाको स्वामिकार्तिक गाँउपालिका– १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा सो उद्धार गरिएको हो ।

गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरीलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको बताए।

आइतबार बिहान घरमै एक बच्चा जन्माएकी बिकको पेटमा अर्को बच्चा पनि हुन सक्ने साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकको भनाइ छ । जिल्लामा अत्याधिक रक्तस्रावका कारण यसअघि पाँच जना सुत्केरीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया