शुक्रबार, वैशाख १४, २०८१

कोरोना र कालोबजारी : अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेपालखोज २०७७ वैशाख २ गते १६:१६

काठडमाडौँ । जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राखिने भएको छ । कालोबजारी आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानकालागि थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको हो।

उनी माथि थप अनुसन्धन गर्नु पर्ने कारण देखाउँदै अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो ।

सोहि माग बमोजिम उनलाई हिरासत समय थप गरिएको हो । अग्रवाल माथि ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ ।

प्रतिक्रिया