शुक्रबार, वैशाख १४, २०८१

स्थानीय तहले पनि कोरोना कोष बनाउनुपर्ने

नेपालखोज २०७७ वैशाख ३ गते ८:२९

काठमाडौं । अब हरेक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्नुपर्ने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई सरकारले पठाएको समानीकरण अनुदान र राजस्व र बाँडफाँट शीर्षकको बजेट रकमान्तर गरी कोरोना भाइरस सङ्क्रणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्न निर्देशन दिएपछि कोष खडा गर्नुपर्ने भएको हो ।

महालेखा नियन्त्रक कार्यालयले कोषमा स्थानीय तहको आफ्नै आन्तरिक राजस्वसमेत खर्च हुने गरी कोष खडा गर्न निर्देशन गरेको छ । उक्त रकम स्थानीय तहको प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा गरी सञ्चालन गर्न महालेखाले यसअघि नै सबै स्थानीय तहलाई आग्रह गरेको थियो ।

निर्देशन कार्यान्वयन नभएकाले शुक्रबार पुनः महालेखा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया