शुक्रबार, वैशाख १४, २०८१

कोभिड १९ : लुकीछिपी नेपाल छिरेका ५० जनाको ¥यापिड परीक्षण

नेपालखोज २०७७ वैशाख ३ गते १०:३२

सर्लाही । चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमखु जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको सोमबार कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा दुवै जनाको निपोर्ट नेगेटिभ आएको प्रजिअ जिसीले बताए । सर्लाहीको २० स्थानीय तहले ३७ स्थानमा ३८३ श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन् । हाल ती क्वारेन्टाइनमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका ९२ जनालाई राखिएको छ ।

प्रतिक्रिया