सोमबार, माघ २३, २०७९

६ सय ३२ जना विदेशबाट फर्किए, क्वारेनटाइन भने ३ सय ३८ शय्या

नेपालखोज २०७७ वैशाख ३ गते १४:०८

दाङ । दाङका दश स्थानीय तहमा चैतको शुरुदेखि हालसम्म तीन हजार ६३२ जना भारतलगायत अन्य खाडी मुलुकबाट भित्रिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन समितिका सूचना अधिकारी विश्वराज आचार्यले जानकारी दिएका छन् ।
यहाँका सबै पालिकामा भारत तथा विदेशबाट आएकाहरुलाई राख्न ३३८ शय्याका व्यवस्थित क्वारेनटाइन केन्द्र निर्माण गरिएका छन् ।

जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् । यस्तै प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन गरिएको छ । बेलझुण्डीमा रहेको कोराना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड तयार गरिएको छ । यससँगै जिल्लाका सबै स्वास्थ्य संस्थामा १६१ शय्याको आइसोलेसन वार्ड छन् ।

प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड छ । आइसोलेशन वार्डमा जिल्लाका मात्रै नभएर बाहिरबाट आउने बिरामीलाई पनि राखेर उपचार गरिने छ ।

प्रतिक्रिया