मंगलबार, असार १७, २०८२

लकडाउन : दीर्घरोगीलाई गाउँपालिकाको औषधि

नेपालखोज २०७७ वैशाख ४ गते ६:५६

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले विभिन्न दीर्घरोगका कारण नियमित औषधि सेवन गरिरहेकालाई आफूले खरिद गरेर औषधि वितरण गरेको छ । लकडाउनका कारण औषधि ल्याउन समस्यामा परेका करिव ८० जना विरामीलाई सःशुल्क औषधि वितरण गरिएको सो पालिकाले जनाएको छ ।

गाउँपालिकाले त्यस्ता बिरामीले प्रयोग गरिरहेको औषधिको विवरण सङ्कलन गरेर औषधि ल्याएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक मातृकाप्रसाद आचार्यलाई गाउँपालिकाले ‘भ्रमण अनुमति’ उपलब्ध गराइएपछि औषधि खरिद भएको हो ।

प्रतिक्रिया