शनिबार, वैशाख २९, २०८१

४५ सय घरमा राहत

नेपालखोज २०७७ वैशाख ४ गते १४:०३

पाँचथर । पाँचथरका ६ स्थानीय तहले राहत वितरण थालेका छन् । लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदूर तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई राहत वितरण थालिएको हो । जिल्लाको फिदिम नगरपालिकाले करीब एक हजार, याङ्वरक गाउँपालिकाले ३३९, हिलिहाङले ११३९, फालेलुङले एक हजार १४३ , फाल्गुनन्दले ४९० तथा कुम्मायकले ४५२ परिवारलाई राहत वितरण गरिरहेका छन् ।

तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले भने राहत वितरणका लागि प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिइएको जनाएका छन् ।

प्रतिक्रिया