बुधबार, वैशाख १२, २०८१

जहाँको सास्ती सरकारले देख्दैन..

नेपालखोज २०७७ वैशाख ५ गते ७:४२

काठमाडौँ । बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिँडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये एक जना सात महिनाकी गर्भवती रहिछन् ।

सल्यान, कपुरकोटकी १७ वर्षीया गर्भवती कमला घर्ती आफ्नै रहर या साथीसंगतिको लहलहैमा हिँडेर सल्यान पुग्न कस्सिएकी भने होइनन्। इँटाभट्टामा काम गर्दा कमाएको पैसा र अलिअलि भएको रासन ‘लकडाउन’ को २४ औं दिनमा आइपुग्दासम्म सकिएपछि उनीसँग जसरी भए पनि घर फर्किनुको अर्को विकल्प थिएन।

‘पेटमा बच्चा छ, साहुले रासन पनि दिएन,’ कमलाले भनिन्, ‘जसोतसो घर पुग्न पाए हुन्थ्यो भनेर निस्किएका हौं।’कमलाका श्रीमान्सहितको टोली भने एक घण्टाअघि नै त्यहाँबाट हिँडिसकेको रहेछ। कमलाहरूचाहिँ काठमाडौंमा मालसामान छाडेर फर्किएका ट्रकले चढ्न देलान् कि भनेर पर्खिबसेका रहेछन्। ‘हिँड्न सकिएन, हाम्रो बिजोग भयो, जसरी पनि लगिदिनुस् भनेपछि दया देखाउँछन् कि भनेर कुरेका हौं,’ कमलासँगै रित्तो ट्रक पर्खेर बसेकी कपुरकोटकै प्रतिभा बुढाले भनिन्। यो खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया