शुक्रबार, वैशाख ७, २०८१

अनलाइनमार्फत सवारी पास

नेपालखोज २०७७ वैशाख ५ गते ९:०४

रुकुमपूर्व । रुकुम(पूर्व)मा अनलाइनमार्फत सवारी अनुमतिपत्र दिन शुरु गरिएको छ । बन्दाबन्दीमा आवतजावत तथा अत्यावश्यक सेवा सहज बनाउन जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले अनलाइन सवारी साधन सञ्चालन अनुमतिपत्र उपलब्ध गराउने भएको हो ।

लकडाउन अवधिभर सवारी साधन परिचालन अनुमतिपत्र वितरणलाई सरल, सहज र सुव्यवस्थित बनाउन अनलाइनमार्फत पास दिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए । अनलाइनमार्फत सवारी सञ्चालन अनुमतिपत्र लिन मोबाइलको म्यासेज बक्समा गएर १११२ मा जुनसुकै कोड हानेर एसएमएस गर्ने र epass./moha.gov.np लिंकमा विवरण भर्नुपर्ने कार्यालयले जनाएको छ ।

नेपाल सरकार (सचिवस्तर)को गत चैत ३० गतेको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय ९आन्तरिक सवारी तथा सभा समारोह व्यवस्थापन शाखाको पत्रानुसार रुकुम (पूर्व) मा अनलाइन सवारी पास कार्यान्वयनमा ल्याइएको हो ।

प्रतिक्रिया