बिहीबार, चैत १५, २०८०

एनआरएनएद्वारा १ सय २५ थान पिपिई हस्तान्तरण

नेपालखोज २०७७ वैशाख ५ गते १८:०५

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सातवटा अस्पताललाई १२५ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । बालुवाटारस्थित सङ्घको सचिवालयबाट आज उक्त पिपिई हस्तान्तरण गरिएको हो ।

सङ्घले प्रदेश नं २ को नारायणी अस्पताललाई २५ थान, सगरमाथा अञ्चल अस्पताल र जनकपुर अस्पताललाई २०÷२०, बारा जिल्ला अस्पताल र रौतहट जिल्ला अस्पताललाई १०÷१० थान पिपिई हस्तान्तरण गरेको हो । यस्तै वाग्मती प्रदेशस्थित केन्द्रीय कारागार अस्पताललाई १५ र भरतपुर क्यान्सर अस्पताललाई २५ थान पिपिई उपलब्ध गराइएको सङ्घको सचिवालयले जनाएको छ ।

कोभिड–१९का सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकका लागि पिपिई अनिवार्य भए पनि अझै पर्याप्त मात्रामा पिपिइ उपलब्ध हुन सकेको छैन ।

प्रतिक्रिया