शनिबार, असोज १९, २०८१

परीक्षण तीव्र बनाउन मुख्यमन्त्रीको निर्देशन

नेपालखोज २०७७ वैशाख ६ गते ८:१७

खस्यौली । मुख्यमन्त्री शङ्कर पोखरेलले भैरहवा, दाङ र नेपालगञ्जका प्रयोगशालामा कोरोना भाइरस परीक्षणको गति तीव्र बनाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चार कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहितको प्रगति समीक्षा बैठकमा उनले भैरहवाको प्रयोगशालामा परीक्षणको गति बढाउन तथा दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए ।

“अब अझै कामको गति बढाऔंँ, तत्काल कामaको नतिजा चाहिएको छ, धेरै मेहनत गरेर अहिलेसम्मको कामको नतिजा निकालौंँ, परीक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मेहनत काम लाग्छ”, उनले भने । प्रदेश सरकारले रुपन्देहीका बुटवल र भैरहवा तथा बाँकेको खजुरा र दाङको बेलझुण्डीमा सघन उपचार कक्षसहितको कोरोना आइसोलेशन अस्पताल निर्माण गरेको छ । कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र बिरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए ।

बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट, निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने कामबारे जानकारी गराएका थिए । भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको तथा नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा छ ।

प्रतिक्रिया