बिहीबार, वैशाख १३, २०८१

कोरोना : यस्तो छ भारतको अहिलेको अवस्था !

नेपालखोज २०७७ वैशाख ६ गते १५:२९

काठमाडौँ । गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ ।
शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।

भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ ११ हजार ९०६ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४८० पुगेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रुपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाउँदै आएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या ३ हजार ३२३ जना पुगेको शनिबार उक्त मन्त्रालय बताएको छ ।यसैबीच महाराष्ट्रमा ३३१ जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट २०१ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ ।

महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र १ हजार ७०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४२ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ३२३ जना पुगेको शनिबार बिहान प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरु मध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भईसकेको छ ।
कोराना प्रकोपको संक्रमणको चौथो स्थानमा राजस्थान रहेको र यहाँ १ हजार २२९ कोरोना संक्रमित रहेका शनिबार जनाइएको छ । ती मध्ये १८३ जना उपचारपछि घर फर्किसकेका छन्, भने एघार जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतको मध्यप्रदेश कोरोना भाइरसका संक्रमणको पाँचौ स्थानमा रहेको यहाँ १ हजार ३१० जना सक्रमित रहेका छन् । मध्यप्रदेशमा यस संक्रमित मध्ये ६९ जना निको भएर घर फर्किएका छन् भने ६९ जनाको मृत्यु भएको छ । यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या मध्ये प्रदेशमा महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको पाइएको छ ।

उत्तर प्रदेशमा कोविड १९ सक्रमण ८०५ जनामा रहेको छ भने, केरलामा ३९६ यो संक्रमण देखिएको छ । तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को संक्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

प्रधानमन्त्री मोदीले गत मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।

”यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताए।

प्रतिक्रिया