बिहीबार, वैशाख १३, २०८१

लकडाउनमा किन काठमाडौंमा कुदिरहेका छन् महंगा गाडी ? (फोटो फिचर)

नेपालखोज २०७७ वैशाख ६ गते २२:१४

काठमाडौं । चीन बुहानबाट शुरु भएको कोभिड १८ कोरोना भाईरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । जसका कारण लाखौ मानिसहरुले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट कुनै पनि देश अछुतो रहन सकेको छैन । नेपालमा पनि त्यसले निकै नै प्रभाव पारेको छ ।

नेपालमा ३१ जना व्यक्तिमा कारोना संक्रमण देखिएको भएपनि दुई जना उपचार पछि घर फर्किसकेका छन् । कोरोना संक्रमणका न्यूनिकरण तथा रोकथामका लागि नेपाल सरकारले चैत १० गतेदेखि लकडाउन अर्थात बन्दाबन्दी घोषणा गरे थियो । सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी हातमुख जोर्नेहरुको जीवन अत्यन्तै कष्टकर बन्दै गईरहेको छ ।

सरकारले राहत प्याकेज ल्याएको भन्दै डिङ हाँकेपनि सो प्याकेज केही गरिव जनताले मुश्किले पाएका छन् । सरकारले दिएको राहत पाउन नसकेका जनताहरु जीवन बचाउनका लागि लक डाउनको अवधिमा हिँडेरै भए पनि आफ्नो घर फर्किरहेका छन् ।

तर, काठमाडौंका सडकमा सरकारले भने जस्तो दैनिक उपभोग्य सामग्री वा अत्यावश्यक बस्तु ढुवानी गर्ने साधन भन्दा बढी करोडौं मूल्य पर्ने चिल्ला गाडीहरु गुडेको देख्न सकिन्छ । जव मुलुकमा संकट पर्दछ तव नेपालका कालाबजारीहरु र माफियाहरु सल्बलाउन थाल्नेछन् विभिन्न रुपमा भन्ने आरोप पनि बेला बेलामा लाग्दै आईरहेको छ ।

कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेका बेला कुटनीतिक नियोगको गाडी प्रयोग गरेर गरिएको कालोबजारीले स्पष्ट पार्दछ कि लकडाउनका बेला किन कुदिरहेको छन चिल्ला गाडी भन्ने कुरा ।

हो जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालनका लागि पास उपलब्ध गराएको छ तर कालाबजारी गर्नका लागि पक्कै पनि उपलब्ध गराएको भने छैन । शनिबार सिंहदरबार चोकमा करीव ४० मिनेटको समयमा करीव १ सय चारपाङग्रे सवारी ओहोर दोहोर गर्दा ९८ वटा विलासी सवारी भेटियो । जुन सवारीलाई कुनै पनि दृष्टिकोणबाट अत्यावश्यक सेवामा प्रयोग भएको सवारी भन्न मिल्ने अवस्था थिए ।

यसले के प्रष्ट पार्दछ भने गरिव जनता भोको पेट हिँडेर उपत्यका छाडिरहँदा पास वोकेर कालोबजारी ठेकेदारी धन्दा चलिरहेको छ भन्दा फरक नपर्ला । सायद सरकारका बस्नेहरु पनि त्यसमा नै रमाईरहेका छन् । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नायव प्रहरी महानिरिक्षक विश्वराज पोखरेलका अनुसार लकडाउनको हालसम्मको अवधिमा १ हजार ९ सय सवारीले पासको दुरुपयोग गरेको बताएका छन् ।

शनिबार सिंहदरबारदेखि थापाथलीसम्म कैद गरिएका विलासी सवारी जसले लकडाउनका समयमा आमनागरिकलाई सहयोग पुग्ने कुनै पनि काम गरेको देखिँदैन ।  तस्वीरहरू : जेन श्रेष्ठ 

 

प्रतिक्रिया