बाणिज्य वैकका सञ्चालकहरु छलफलमा जुटे
नेपालखोज
२०७७ वैशाख ८ गते १४:०१
काठमाडौं । लकडाउनका समयमा पनि आफ्ना ग्राहक तथा सेवाग्राहीहरुको सुविधा सहज गराउनका लागि बाणिज्य बैकका सञ्चालकहरु सक्रिय भएर लागिरहेका छन् ।
कोरोनाको संक्रमणका कारण सरकारले लकडाउनको अवधि बढाएसँगै बैकिङ्ग क्षेत्रको कारोबारलाई सहज तुल्याउनका लागि विभिन्न प्रविधिको प्रयोगमा बैकहरु सक्रिय छन् । अहिले बैकका अध्यक्ष तथा सञ्चालकहरु घरमै बसेर भिडियो कन्फ्रेन्स मार्फत वर्तमान लकडाउनको अवस्था र वित्तिय क्षेत्रको समस्या समाधान गर्ने विषयमा छलफलमा जुटिरहेका छन् ।
बैकका अध्यक्ष तथा सञ्चालकहरु अहिले हरेक दिन भिडियो कन्फ्रेन्समा सक्रिय भएको बुझिएको छ । बैकका अध्यक्षहरुको संस्था वैक तथा वित्तिय संस्था परिसंघले अहिलेको जटिल समयमा वैकहरु सामु आएका समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल सुचारु गरेको सो संस्थाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया