सोमबार, माघ १६, २०७९

नेकपा फुटाउन सक्ने गरि ल्याइयो नयाँ अध्यादेश, पूर्वमाओवादी पक्ष प्रचण्ड निवासमा

नेपालखोज २०७७ वैशाख ८ गते १६:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन्। आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि उनले यस्तो अध्यादेश पास गराएका हुन् । आज बसेको मन्त्रिपरिषद बैठकबाट यस्तो अध्यादेश पास भई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइ सकेकेको छ । अध्यादेश अनुसार संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषदमा यो अध्यादेशको तीन जनाबाहेक अरू मन्त्रीले मौन समर्थन जनाएको बालुवाटार निकट स्रोतले बताएको छ ।

यो निर्णय भएसँगै अहिले पूर्वमाओवादी पक्षका सबै मन्त्री प्रचण्ड निवासमा भेला भएका छन् ।

प्रतिक्रिया