शुक्रबार, वैशाख ७, २०८१

कोरोनाबाट ध्यान मोडेर नहिड्न कांग्रेसको प्रधानमन्त्रीसँग आग्रह

नेपालखोज २०७७ वैशाख ८ गते १८:१९

काठमाडौं । मन्त्रिपरिषदको आजको बैठकले गरेका निर्णयहरुको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेको छ । अहिले कोरोना भाइरसले विश्वमा नै महामारी फैलिएको विषम परिस्थितिमा बेमौसमी कुरा तर्फ अग्रसर नहुन कांग्रेसले प्रधानमन्त्तीसँग आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको निर्णयहरु माथि टिप्पणी गर्दै यस्तो आग्रह गरेका हुन् ।

संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ । सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया