मंगलबार, वैशाख ४, २०८१

बढी मूल्यमा औषधि तथा चिकित्सा सामग्री बिक्री गर्ने चार पसलमाथि कारवाही

नेपालखोज २०७७ वैशाख ८ गते १८:३५

काठमाडौँ । बन्दाबन्दी अवधिमा बढी मूल्यमा औषधि तथा चिकित्सा सामग्री बिक्री गर्ने र खरीद बिल नहुने गरी चार पसललाई आज कारवाही गरिएको छ । सोअनुसार थर्मल गन र कीटनाशक औषधि (सोडियम हाइपोक्लाराइड) बिक्रीवितरण गरेको जनाई दुई पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा त्रिपुरेश्वरका उक्त पसललाई आज कारवाहीस्वरुप रु दुईदुई लाख जरिवाना गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार त्रिपुरेश्वरस्थित शिरीष सप्लायर्सले रु नौ हजारमा खरीद गरिएको थर्मल गन रु १३ हजारमा बिक्री गरेको ९२० प्रतिशतभन्दा बढी मुनाफा० भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको हो ।

त्यस्तै इन्टरनेशनल प्याथो साइटिफिक टेड्रर्सलाई सोडियम हाइपोक्लोराइड बढी मूल्यमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । सोडियम हाइपोक्लोराइड अस्पताल, घर, गाडी, सडक आदि स्थानलाई कीटाणुरहित ९डिसइन्फेक्सन० गर्न प्रयोग हुने कीटनाशक औषधि हो । दुवै पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गरिएको उनले जानकारी दिए ।

त्रिपुरेश्वरस्थित गौतम इन्टरनेशनल प्रालिमा खरीद बिल नभेटिएपछि आजै कारवाहीस्वरुप रु ४० हजार जरिवाना गराइएको छ । उहाँका अनुसार उक्त पसलमा स्यानिटाइजर, मास्कलगायत सामग्रीको खरीद बिल भेटिएन ।

त्यस्तै जोरपाटीस्थित एसबिएस भेराइटीलाई रु २० हजार जरिवाना गरिएको छ । मसलाको बिक्रीवितरण गर्ने उक्त पसलबाट लगिएको चामल खाँदा बिरामी भएको भन्ने उपभोक्ताको गुनासोपछि अनुगमन गरिएको हो । अनुगमनका क्रममा चामलको खरीद बिल नभेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको र नमूना परीक्षणका लागि कार्यालयमा ल्याइएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया