बिहीबार, वैशाख १३, २०८१

काठमाडौं मै २ जना नर्समा कोरोना संक्रमण देखियो

नेपालखोज २०७७ वैशाख ९ गते २१:५८

काठमाडौं । कोरोना संक्रमणले आम मानिसहरुलाई त्रास बढाईरहेका बेला स्वास्थ्य सेवामा कार्यरत काठमाडौंका दुई नर्सलाई कोरोना संक्रमण देखिएपछि काठमाडौंमा त्रास थपिएको छ । केन्द्रीय कारागार त्रिपुरेश्वरमा खटिएका २ जना नर्समा गरिएको ¥यापिड टेष्टमा नै कोरोना संक्रमण भेटिएपनि स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुमा त्रास फैलिएको छ ।

अलिहे उनीहरु दुवैलाई शहिद शुक्रराज ट्रफिकल अस्पताल टेकुमा आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ। नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ।

पीसीआर विधिबाट परीक्षण गरेपछि नै उनीहरुमा कोरोना भए नभएको पुष्टि हुनेछ।

प्रतिक्रिया