शुक्रबार, वैशाख ७, २०८१

कोरोना : २६ लाख भन्दा बढी संक्रमित, कुन देशको कस्तो छ अवस्था ?

नेपालखोज २०७७ वैशाख ११ गते ८:५०

काठमाडौँ  । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६ लाख २३ हजार ४ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार ७ सय ७९ जना संक्रमित थपिएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८२ हजार ९ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ३९ हजार ७ सय ७५ पुगेको छ भने मृतकको संख्या ४६ हजार ५ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ३ सय ७१ संक्रमित भेटिएका छन् भने २ हजार ३ सय २१ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख ८ हजार ३ सय ८९ पुगेको छ भने २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ । स्पेनमा बुधबार मात्रै ४ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ३५ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना संक्रमित थपिएका छन् भने ४ सय ३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ भने मृतकको संख्या २४ हजार ८५ पुगेको छ ।

फ्रान्समा बुधबार १ हजार ८ सय २७ जना नयाँ संक्रमित थपिदा ५ सय ४४ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ५७ हजार १ सय २५ जना संक्रमित भएका छन् भने २१ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ९५ मा कोरोना पुष्टि भएको छ भने २ सय २९ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ६ सय ४८ पुगेको छ भने ५ २ सय हजार ७९ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा बुधबार ४ हजार ४ सय ५१ जना नयाँ संक्रमित थपिदा ७ सय ६३ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित हुँदा १८ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ९० मा कोरोना पुष्टि भएको छ भने ३६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने मृतकको संख्या ६ सय ८१ पुगेको छ ।

नेपालमा भने बुधबार तीन जना नयाँ संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया