बिहीबार, वैशाख १३, २०८१

आमाको मुख हेर्ने दिन भन्दै घर बाहिर निस्किदै हुनुहुन्छ ? सावधान, आज विहानै ८ सय ७२ जना पक्राउ परेका छन् !

नेपालखोज २०७७ वैशाख ११ गते ९:५०

काठमाडौँ । आज माता तिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । नेपालीहरुले यस औँसीलाई विशेष दिनका रुपमा मनाउँदै आएका छन् । यस दिन आमा हुनेले आमाबाट आशिष लिई आमालाई मिष्ठान्न खुवाउने गर्छन् भने आमा नहुनेले आमालाई स्मरण गर्दै विभिन्न मठमन्दिरमा पुजा गर्ने र जिवन यापनमा समस्या भएकाहरुलाई सहयोग गर्ने गर्छन् ।

साथै आमाबाट टाढा भएकाहरु यस दिन आमालाई भेट्ने गरेका हुन्छन् । तर यो वर्षको माता तिर्थ औसीमा अवस्था फरक छ । कोरोना भाइरसको मुलुक लकडाउनमा छ । आमा तिर्थ औसीका दिन पनि मानिसहरु आवतजावत गर्न पाइरहेका छैनन् । तर लक डाउनको वेवास्ता गरि माता तिर्थ औँसीमा बाहिर निस्किएकाहरु पक्राउ परेका छन् । आजै बिहान काठमाडौं उपत्यका विभिन्न स्थानबाट ८ सय ७२ जनालाई पक्राउ गरेको छ । आमाको मुख हेर्ने दिनका लागि किनमेल गर्ने भन्दै भिड गर्नेहरु बढेपछि प्रहरीले धमाधम पक्राउ गरेको हो ।

महानगरिय प्रहरी परिसर प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार पक्राउ पर्नेमा २ सय २८ जना महिला छन् । पक्राउ परेकालाई दुई घण्टा सडकमै होल्ड गरेर राखिएको छ ।

यसैगरी, दुई पाङ्ग्रे र चारपाङग्रे गरेर ८८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। कोरोना संक्रमित थपिदै गएको अवस्थामा पसलहरुमा भीड गर्ने, अत्यावश्यक कामबिनै घरबाहिर निस्किनेलाई पक्राउ गरिएको डिआइजी पोखरेलले बताए ।

प्रतिक्रिया