बिहीबार, चैत १५, २०८०

गएराति बनेको जनता समाजवादी पार्टीले दल दर्ताकालागि दियो निवेदन

नेपालखोज २०७७ वैशाख ११ गते १२:५८

काठमाडौँ । ‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि निवेदन दिएको छ । बुधबार राति (हिजो) समाजवादी र राजपाबीच एकता भएको थियो । सो एकता पश्चात बनेको जनता समाजवादी पर्टाीले आज निर्वाचन आयोगमा दल दर्ताकालागि निवेदन दिएको हो । यस पार्टीको निवेदन दर्ता नम्बर १३८८ छ ।

एकतामा सहभागी दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका हुन् । पार्टी एकीकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिइएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

प्रतिक्रिया