बिहीबार, वैशाख ६, २०८१

बालुवाटार छलफल : अध्यादेश फिर्ता लिने तर्फ ओली लचक

नेपालखोज २०७७ वैशाख ११ गते १३:२२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीवीच अध्यादेशबारे छलफलका क्रममा ओली अध्यादेश फिर्ता लिन सकिने तर्फ लचक भएका हुन्।

अध्यादेशबारे पार्टी भित्र र बाहिर चर्को आलोचना भैरहेका बेला ओली र प्रचण्डबीच यस विषयमा छलफल भएको हो । प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।

यता अन्य नेताहरुले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने बताउँदै आएका छन् । छलफलका क्रममा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन सकिने बताएको स्रोतले जनाएको छ ।

सरकारले गएको मंगलबारराजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया