शुक्रबार, वैशाख १४, २०८१

सनसिटी अपार्टमेन्टका ८१ वर्षीया आमा र ५८ वर्षीया छोरोले जिते कोरोनालाई

नेपालखोज २०७७ वैशाख ११ गते १७:१३

काठमाडौँ । आज २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका हुन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो । निको हुने उनीहरु ५८ छोरा र ८१ वर्षीय आमा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । उनीहरु बेलायतबाट फर्किएका थिए ।

प्रतिक्रिया