शुक्रबार, चैत १६, २०८०

पूर्वसचिव उपाध्याय माथिको मुद्दा तत्काल फिर्ता लिन कांग्रेसको माग

नेपालखोज २०७७ वैशाख ११ गते १८:३६

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरेको प्रति विरोध गरेको छ । कांग्रेस सांसद एवं संसदीय दलको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले एक विज्ञप्ति जारी गर्दै उपाध्याय पक्राउको विरोध गरे ।

नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै विज्ञप्तिमा वर्तमान सरकारले दिन प्रतिदिन संविधानको ठाडो उल्लघंन गर्दै आइरहेको आरोप लगाइएको छ ।

लामाले सरकारको यस किसिमको गैर जिम्मेवार कार्यप्रति गम्भिर आपत्ति प्रकट गर्दै घोर भत्र्सना समेत गरेका छन् ।
विज्ञप्तिमा पूर्वसचिव उपाध्यायलाई संविधानको मर्म र भावना विपरीत पक्राउ गरेकाले उनलाई विनासर्त तत्काल रिहा गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरिएको छ ।

प्रतिक्रिया