आइतबार, माघ १५, २०७९

कैलालीकी ६५ वर्षीया महिलाले पनि जितिन् कोरोनालाई

नेपालखोज २०७७ वैशाख ११ गते १९:४८

कैलाली । कैलालीकी ६५ वर्षीया महिला पनि उपचारपछि कोरोना भाइरस मुक्त भएकी छिन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६५ वर्षीया महिलाले कोरोनालाई जितेकी हुन् । उनलाई बिहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार
लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पतालबाट कोरोनालाई जितेर घर फर्किने ६५ वर्षीया महिला चौथो संक्रमित हुन् । यसअघि उनको रिपोर्ट दुई पटकसम्म पोजेटिभ आएको थियो । तर, बुधबार र बिहीबार नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

पर्साको वीरगञ्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया