शुक्रबार, वैशाख ७, २०८१

भारतीय क्वारेन्टाइनमा रहेका किरियापुत्रीलाई सिमानाबाट घरमा ल्याइयो

नेपालखोज २०७७ वैशाख १२ गते १२:०१

अर्घाखाँची । भारतीय क्वारेन्टाइनमा बसेका पाणिनी गाउँपालिकाका एक किरियापुत्रीलाई घरमा ल्याइएको छ । पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनको बसाइकैक्रममा घरमा बिरामी बुवाको यही वैशाख ८ गते निधन भएपछि उनलाई काजकर्मका लागि घरमा ल्याइएको हो ।

स्थानीयवासी उदयबहादुरका एक्ला छोरा धनीश्वर बुवाको निधनमा पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले सङ्घीय सरकार र भारत उत्तर प्रदेश सरकारसंँग समन्वय गरी धनीश्वर र उनका छोरालाई लिएर आएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

प्रतिक्रिया