बुधबार, वैशाख १२, २०८१

कोरोना संक्रमण, शक्ति र राजनीति

नेपालखोज २०७७ वैशाख १२ गते १४:४३

काठमाडौं । डिसेम्वर २०१९ मा चीनको बुहानबाट शुरु भएको कोराना भाईरस अर्थात कोभिड –१९ अहिले विश्व महामारीका रुपमा फैलिएको छ । विश्वका २ सय १० देशहरुमा फैलिएको कोरोना भाईरसका कारण आलेख तयार गरिरहँदासम्म विश्वमा २७ लाख २६ हजार १ सय ७४ जनामा संक्रमण भएको छ । भने यसबाट १ लाख ९१ हजार ७५ जनाको मृत्यु भईसकेको छ । चीन जस्तो विकसित देशमा विध्वसं मच्चाउँदै शुरु गरेको यसले इटली पश्चात अमेरिकामा यसले आफ्नो संक्रमणलाई व्यापक बनाएको छ ।

कोरोना भाईरस संक्रमणका कारण शक्तिशाली भनिएका देशहरु इटाली, स्पेन अमेरिका लगायत देशका नागरिकहरुको मृत्यु दर क्रमशबृद्धि हुँदै गईरहेको देखिन्छ । अत्यन्तै राम्रा बैज्ञानिकहरुलाई समेत कोरोनाले संक्रमणले चुनौति दिईरहेको यस विषम परिस्थितिमा नेपाल जस्तो देशमा संक्रमण बृद्धि भयो भने के होला ?

कोरोनाले विशेष गरी बालबालिका, जेष्ठ नागरिक, दीर्घ रोगीहरुलाई बढी आक्रमण गरेको विकसित देशहरुमा भएको मृत्युको तथ्यांकले स्पष्ट पारेको छ । कोरोना नौला प्रजातिको भाईरस फैलिँदै गईरहँदा नेपालमा भने राजनीतिक भाईरस मौलाउन थालेको छ । देशमा दुई छाकको जोहो गर्न नसकेर हप्तौ पैदल यात्रा गर्दै राजधानी छोडिरहेका छन् भने सरकारले २ करोड जनता (करीव एक करोड विदेशमा रहेकाले) जनतालाई ८३ करोडको राहत वितरण गरिसकेको बताएको छ । यस अवस्थामा नेपालको समृद्धिका सपना चकनाचुर बन्ने संकेत देखिएको छ ।

अमेरिका जस्तो देश जो सँग अत्यधिक श्रोत साधनहरु छन् । तर पनि कोरोना संक्रमण न्यूनिकरण गर्न सकेको देखिँदैन । विश्वको सवै भन्दा ठूला मानवअधिकार सुरक्षित रहेको भनिएको देशमा कोराना संक्रमणका कारणल हजारौ मानिसहरुले अनाहकमा ज्यान गुमाउने परेको छ । एउटा शासकको दम्भका कारण अझै हजारौ व्यक्ति मृत्युको मुखमा पुगिरहेका छन् ।

तर नेपालमा लकडाउन भएको एक महिनाका हजारौ नेपाली नागरिक विदेशबाट नेपाल फर्केका छन् । उनीहरुको स्वास्थ्यका लागि सरकारले हरप्रयास गरेको भनिएको भएता पनि राहत वितरणलाई मात्र हरसम्भव प्रयास भनिएको हो कि भन्ने आशंका प्रकट भईरहेका छन् ।
कोरोनाको संक्रमणबाट नागरिकहरुलाई जोगाउनु पर्ने परिस्थितिमा आफ्नो सत्ता र पद जोगाउनका लागि निरंकुश ढंगले अध्यादेश जारी भएको छ । अरुलाई सिध्याउने नियतले ल्याएको अध्यादेशलाई कोरोना संक्रमणले बचाउन सक्ला वा नसक्ला त्यो भने हेर्न वाँकी छ । अहिले भ्रष्टहरुको मिलेमतोमा लुट मच्चाउने काम भईरहेको देखिन्छ । जनता बबुरो बनिरहेका छन् । तीसदिनसम्म राज्यले दिएको निर्देशनलाई पालन गरिरहेका छन् । आफ्नै बलबुताले सक्षम रुपमा काम गरिरहेका जनताका कारण नै कोरोना संक्रमणलाई परास्त गर्ने काम भईरहेका छ । तर कोरोना संक्रमणको यथार्थता के हो भन्ने कुरा जनताले अत्तोपत्तो पाउन सकेका छैनन् ।

प्रदेश वा जिल्लामा कोरोना संक्रमण देखिएको भनिरहँदा त्यही व्यक्तिको परिक्षण काठमाडौंमा आईपुग्दा कोरोना पुष्टि हुन सक्दैन । यसको मतलव जनतालाई झुक्याउन खोजिएको हो वा यसलाई राजनीतिक विषय बनाएर ऊँट बनाउने काम हो स्पष्ट हुनु जरुरी देखिन्छ ।

सरकारले लकडाउन पछि गरेका हरेक क्रियाकलाप हेर्ने भने सकारात्मक हुने ठाउँ पटक्कै देखिँदैन । स्थानीत तहहरुले जसरी काम गरिरहेका छन् त्यसैलाई आधार मानेर यो गरे वा त्यो गरे भन्ने हो भने यो महामारीमा निकै कष्टकरसँग काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवमूल्यन किन भइरहेको छ । विना श्रोत साधन आफ्ना नागरिकहरुलाई सुरक्षित बनाउने काममा अहिले अग्रस्थानमा उभिएका यी तीन पेशाकर्मीहरुलाई उत्साहि बनाउने काम सरकारले गर्न सकेको छैन भन्दा फरक नपर्ला ।

नेपालमा कोरोना संक्रमण नबढ्नु नेपाली जनताले अपनाएको संयमताले हो या पशुपतिनाथले जोगाएका हुन् । कतै अहिले कोरोनाको संक्रमणका कारण गरमागरम भएको राजनीतिक माहौलसँगै लकडाउनको पूर्ण पालन नगरी शक्तिमा रहेका व्यक्रिहरुले आफ्ना मात्र मतदातालाई जिल्ला पु¥याउने काम गरेर पो हो की !

इटाली जस्ता स्वास्थ्यको विशेष महत्व वोकेका देश अनि अमेरिका जस्ता देशहरुमा निकै नै तनाव खेपिरहँदा हामी नेपाली त्यसबाट टाढा देखिनु कतै हामीले संक्रमितको संख्या लुकाउने प्रयास गरेका छैनौं भन्ने प्रश्न उठ्न थालिसकेको छ । यदि स्वास्थ्य जस्तो संवेदनशील त्यसमाथि पनि मानिसबाट मानिसमा सर्ने कोरोना संक्रमणलाई  खेलाँची गरेका हौ भने भविष्यमा त्यसले अनिष्ट निम्त्याउन सक्ने सम्भवना छ ।

प्रतिक्रिया